नियम १४
विदेशी तालीमको मान्यता
  (१) विदेशबाट प्राप्त गरेको रिभर गाइडको तालीमलाई मान्यता दिने सम्बन्धमा सिफारिस गर्ने प्रयोजनको लागि मन्त्रालयले रिभर गाइड सम्बन्धी तालीम दिन नेपाल सरकारबाट मान्यता प्राप्त वा प्रचलित कानून बमोजिम इजाजत वा अनुमतिपत्र प्राप्त संस्था समेतको प्रतिनिधित्व हुने गरी बढीमा तीन सदस्य रहेको एक समिति गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको समितिले आवश्यक जा“चबुझ गरी त्यस्तो तालीमलाई मान्यता दिन सकिने वा नसकिने व्यहोराको सिफारिस मन्त्रालयमा पेश गर्नेछ र सो समितिले मान्यता दिन सकिने व्यहोरा सिफारिस गरेमा मन्त्रालयले समकक्षता निर्धारण गरी त्यस्तो रिभर गाइडको तालीमलाई मान्यता दिन सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले उपनियम (२) बमोजिम सिफारिस गर्दा विचार गर्नु पर्ने कुरा मन्त्रालयले समय समयमा तोकी सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ ।